
सिन्धुली, बैशाख ९ । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ ।
मकै उत्पादनका लागि खेतवारी जोत्न सहयोग पुर्याउने उद्देश्यले कार्यालयले विभिन्न गाविसका किसानलाई २६ वटा पावर टेलर ५० प्रतिशत अनुदानमा वितरण गरेको हो । सिन्धुलीका किसान मकैबाली लगाउन उत्साहित हुँदै आएका छन ।
सिन्धुलीमा ५७ हजार २ सय २ हेक्टर क्षेत्रफलमा व्यवसायिक मकै खेती हुने जिल्ला कृषि बिकास कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्