२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


सुरुङमा भेटियो सात टन गाँजा र एक टन कोकिन


0
Shares

मेक्सिको, वैशाख ९ । मेक्सिको प्रहरीले लागू औषध कारोबारीले प्रयोग गर्दै आएको उक सुरुङ पत्ता लगाएका छन् जहाँबाट सात टन गाँजा र एक टन कोकिन बरामद भएको छ ।

दुई हजार ६०० फिट लामो उक्त सुरुङभित्र गाँजा र कोकिन पोको पारेर राखिएको अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन् । टिजुआनास्थित एक घर नजिकै सुरुङ फेला परेको हो ।

अमेरिकासँगको सीमा क्षेत्रमा रहेको सुरुङको अर्कोपट्टी काठ गोदामको भण्डारण स्थल रहेको पनि अधिकारीहरुले जनाएका छन् ।

लागू औषध कारोबारीले प्रयोग गर्दै आएको सुरुङमध्ये यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो सुरुङ रहेको दाबी गरिएको छ ।

सुरक्षाकर्मीले लागू औषध कारोबारी समूहका ६ जनालाई पक्राउसमेत गरेको छ । (एजेन्सी)