८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


ब्वाइज युनियन फाइनलमा


0
Shares

पाँचथर, वैशाख ८ । ब्वाइज युनियन काठमाडौं पाँचथरको यासोकमा जारी प्रथम कुम्मायक–कुस्सायक आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङ–११ लाई ३-२ ले पराजित गर्दै ब्वाइज युनियन फाइनलमा पुगेको हो ।

खेलको ‘म्यान अफ द म्याच’ ताप्लेजुङका क्रिस राई घोषित भए ।

प्रतियोगिताअन्तर्गत् विहीबार हुने दोस्रो सेमिफाइनलमा आयोजक सयपत्री रातो र बीआरसी भुटान भिड्नेछन् ।