
पोखरा, वैशाख ८ । मनाङ–मर्स्याङ्दी क्लब पाँचौ मनकामना केबुलकार पोखराकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइननलमा सशस्त्र प्रहरीमाथि ५–० को फराकिलो जित हासिल गर्दै मनाङले फाइनलमा ठाउँ पक्का गरेको हो ।
मनाङलाई जिताउनेक्रममा ओलावाले अफिजले ह्याट्रिक गरे भने अनिल गुरुङ र रवि पासवानले एक–एक गोल थपे ।
प्रतियोगिताको अर्को सेमिफाइनलमा बिहीबार धरान फुटबल क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।
प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्