
काठमाडौं, वैशाख ८ । ल्याटिन अमेरिकीमुलुक इक्वेडरमा गत शनिबार गएको ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी मर्नेको संख्या ५२५ नाघेको छ ।
भूकम्पका कारण चार हजारभन्दा बढी मानिस घाइते भएका छन् । २३१ देखि १७ सय मानिस हराइरहेको सरकारी अनुमान छ । भूकम्प प्रभावित हजारौं मानिस घरबारविहीन भएका छन् ।
विश्व खाद्य कार्यक्रम र ‘अक्फाम’ले राहत सामग्री पठाउँदै छ भने संयुक्त राष्ट्रसंघले बृहत् हवाइ उद्धार गर्ने जनाएको छ ।
यसैबीच, इक्वेडोरियन तटीय क्षेत्रमा बुधबार फेरि १० किलोमिटर गहिराइबाट ६.२ म्याग्निच्यूडको भूकम्प गएको छ ।
प्रतिक्रिया दिनुहोस्