२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


‘छोटु ग्यांग’ले ‘हतियार बिसायो’, २४ प्रहरी रिहा


0
Shares

काठमाडौं, वैशाख ८ । पाकिस्तानमा विगत केही सातायता सेनासँग टक्कर लिइरहेको ‘छोटु ग्यांग’ नामक आपराधिक समूहले हतियार बिसाउँदै २४ प्रहरीलाई रिहा गरेको छ ।

पाकिस्तानी सेनाले रिहा गरिएका प्रहरीसँगै ग्यांगका केही सदस्यसमेत उपस्थित भएर हतियार बुझाएको जनाएको छ ।

अन्तिम कारबाहीको चेतावनी दिएपछि उनीहरुले पाक सेनासमक्ष हतियार बुझाएको बताइएको छ ।

तर, ग्यांगका नाइकेले नै हतियार बुझाएकोबारेमा भने स्पस्ट हुन सकेको छैन ।

दुई साताअघिमात्र सो समूहले पाकिस्तानमा सात प्रहरीको हत्या गर्नुका साथै २४ प्रहरीलाई अपहरण गरेको थियो ।

कब्जा गरिएका प्रहरीलाई सिन्ध नदी क्षेत्र आसपास राखेको पहिचान भएपछि सेनाले कारबाही थालेको थियो । (एजेन्सी)