११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


तीन दलले मैले भनेको नमान्दा मुलुकले अर्बौंको क्षति ब्यहोर्नुपर्‍यो : पूर्वराष्ट्रपति


0
Shares

काठमाडौं, वैशाख ७ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रमुख तीन दलले विगतमा आफूले भनेको नमान्दा मुलुकले अहिलेको अवस्था भोग्नुपरेको तर्क गरेका छन् ।

मंगलबार राजधानीमा गरिएको एक कार्यक्रममा उनले केही ढिलो गरेर संविधान जारी गरेको भए अहिले देखिएका समस्या उतिबेलै समाधान भइसक्ने दाबी गरे ।

अहिलेको संविधानले सबैको भावनालाई समेट्न नसकेको भन्दै पूर्वराष्ट्रपति यादवले तीन दलले आफ्नो आग्रहलाई स्वीकार नगर्दा मुलुकले अर्बौंको क्षति ब्यहोर्नुपरेको बताए ।

पूर्वराष्ट्रपति यादवले ‘विगत सात दशकदेखि मुलुक पद्दतिमा अघि बढ्न नसक्नु र राजनीतिक दलहरु देश र जनताभन्दा सत्ता केन्द्रित राजनीतिमा रमाउनु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको’ बताए ।