११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


काबुलमा आत्मघाती विस्फोट, २८ जनाको मृत्यु, ३०० बढी घाइते


0
Shares

काठमाडौं, वैशाख ७ । अफगानिस्तानको राजधानी काबुलमा तालिबानले गराएको शक्तिशाली आत्मघाती बम विस्फोटमा कम्तिमा २८ जनााको मृत्यु भएको छ ।

विस्फोटमा केही अफगान सैनिकसहित ३ सय २९ जना घाइते भएका छन् ।

गाडीमा सवार आत्मघाती आक्रमणकारीले काबुलको व्यस्त सहरमा आफैंलाई उडाएका थिए ।

राष्ट्रपति भवननजिकै विस्फोट भएको बताइएको छ । गत हप्तामात्र तालिबानले भीषण आक्रमणको चेतावनी दिएको थियो । (एजेन्सी)