
काठमाडौं, वैशाख ७ । पाकिस्तानमा पछिल्लो समय हिंसात्मक गतिविधि गर्दै आएको ‘छोटु ग्यांग’ नामको समूहको अपहरणमा परेका २४ सुरक्षाकर्मीलाई कब्जामुक्त गर्न पाकिस्तानी सेनाले कारबाही तीव्र पारेको छ भने कारबाहीकैक्रममा दोहोरोे भिडन्त भएको छ ।
दुई साताअघि सो समूहले सात प्रहरीको हत्या गर्नुकासाथै २४ प्रहरीलाई अपहरण गरेको थियो ।
कारबाहीकोक्रममा पाकिस्तानी सेनाले कब्जामा लिइएका प्रहरीहरु राखेको ठाउँको पहिचान गरी गोलाबारी गरेपछि सो समूहले पनि सेनामाथि गोलाबारी जारी राखेको छ ।
कब्जा गरिएका २४ पाकिस्तानी प्रहरीलाई पाकिस्तानको सिन्ध नदी क्षेत्रमा राखेकोमा सो स्थानको पहिचान गरी सेनाले स्थलगत् र हेलिकोप्टरमार्फत् गोलाबारी गरेको हो ।
कारबाहीकैक्रममा त्यस आसपासको गाउँ खाली गर्न सर्वसाधारणलाई अपीलसमेत गरिएको छ ।
पाकिस्तानी सेनाले सो समूहलाई हतियार बिसाइ आत्मसमर्पण गर्न बारम्बार अपील गर्दा पनि बेवास्ता गरेपछि कारबाही थालेको हो ।
‘छोटु ग्यांग’सँगको कारबाहीमा प्रहरीले हार खाएपछि पाकिस्तानी सेना कारबाहीमा उत्रनु परेको जनाइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्