
काठमाडौं, वैशाख ६ । सोमबार शेयर बजारमा बुलिस ट्रेन्ड कायम रह्यो ।
बजार परिसूचक नेप्से झन्डै २० अंकले उकालो लागेर १४ सय २८ को नयाँ उचाइ कायम गर्न सफल रह्यो ।
कारोबार परिमाण पनि उच्च रह्योे । अन्यबाहेक अरु सबै समूह उकालो लागेसँगै नेप्सेमा उच्च बृद्धि कायम भएको हो ।
बीमा समूहमा १ सय २३ अंकको उच्च बृद्धि आयो । होटल समूह ३० अंकले बढ्यो । वाणिज्य बैंक समूहमा २१ अंकको सुधार आयो । जलविद्युत् र वित्त समूहमा पनि दोहोरो अंकको बृद्धि भयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३३ कम्पनीको १९ लाख ५० हजार कित्ता शेयर ९० करोड ६८ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्