
झापा, वैशाख ६ । झापाको भद्रपुरमा सहिद सुरज विश्वासको अर्धकदको शालिक सोमबार अनावरण गरिएको छ ।
दोस्रो जनअन्दोलन ०६२/६३ मा आजकै दिन चन्द्रगढीमा सेनाको गोली लागेर सुरज विश्वासको मृत्यु भएको थियो ।
सोमबार १०औं स्मृति दिवसको अवसरमा उनको शालिक अनावरणसहित पार्क उद्घाटन गरिएको हो ।
सांसदद्वय रविन कोइराला र जितु गौतमले संयुक्तरुपमा सुरजको अर्धकदको शालिक अनावरण गरेका हुन् ।
भद्रपुर–६ मा नगरपालिकाले उपलब्ध गराएको साढे ८ धुर जग्गामा सांसद जितु गौतम दिएको सांसद कोषको २ लाख, शान्ति मन्त्रालयको ४ लाख ३० हजार र भद्रपुर नगरपालिकाको ११ हजार सहयोगमा शालिक र पार्क बनाइएको हो ।
प्रतिक्रिया दिनुहोस्