
वीरगन्ज, वैशाख ६ । वीरगन्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइड निर्माणकार्य सुरु भएको छ ।
निर्माण हुन लागेको ल्यान्डफिल्ड साइडको सोमबार एक कार्यक्रमकाबीच पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले शिलान्यास गरे ।
बाराको विश्रामपुर र इटयाहीमा पर्ने १६ बिगहा १० कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेकोे सो ल्यान्डफिल्ड साइड दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ ।
४७ करोड ८० लाखको लागतमा एसएमइसी र पीडीए सीइएमएटी निर्माण कम्पनीले निमार्णकार्यको ठेक्का लिएको हो ।
तीन वर्षमा उपमहागरपालिकालाई हस्तान्तरण गर्ने गरी सम्झौता गरिएको कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले बताए ।
निर्माणकार्यमा एडीबी र नेपाल सरकारको ८४ प्रतिशत, नगर विकास कोषबाट ८ प्रतिशत लगानी रहनेछ ।
२० वर्षसम्म प्रयोग गर्न सकिने ल्यान्डफिल्ड साइड मापदन्डअनुसार निर्माण गरिने भएकाले दुर्गन्ध नफैलिने टिम लिडर नागेन्द्र झाले बताए ।
प्रतिक्रिया दिनुहोस्