११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


यथाशीघ्र स्थानीय चुनाव गर्नुपर्नेमा जोड


0
Shares

काठमाडौं, वैशाख ६ । यथाशीघ्र स्थानीय निकायको चुनाव गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

कर्मचारी तथा दलीय संयन्त्रबाट २०५४ सालदेखि स्थानीय निकाय सन्चालन भइरहेकाले चाँडै स्थानीय चुनाव गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

सोमबार राजधानीमा भएको कार्यक्रममा उनीहरुले यसैका कारण स्थानीय निकायमा कर्मचारीहरु जवाफदेही नभएको बताए ।

उनीहरुले तहगतरुपमा सरकारका अधिकार क्षेत्रको स्पस्ट बाँडफाट हुनुपर्ने, राजनीतिक सहमति र विकास–निर्माण प्रक्रियासँगसँगै लैजानुपर्ने र स्थानीय तहका कर्मचारीहरुको समायोजनबारे प्रस्ट हुनुपर्ने बताए ।

साथै संविधान जारी भएको एक वर्षभित्र संविधान कार्यान्यवनका लागि बन्नुपर्ने सबै कानुनहरु बनाउनुपर्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा पूर्वसांसद कृष्णप्रसाद सापकोटा र मुख्यसचिव डा. सोमलाल सुवेदीले स्थानीय शासनको सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।