
काठमाडौं, वैशाख ५ । साताको शुरुको दिन आइतबार शेयर बजार सकारात्मक रहेरै थामिएको छ । बर्षको पहिलो दिन बिहीबारको कारोबारमा दोहोरो अंकले सुधारिएको बजार यस दिन भने उतार चढावबीच सामान्य अंकले सकारात्मक रहेर थामिएको हो ।
नेप्से साढे ३ अंक बराबरले धनात्मक रही १४०९ मा थामिदैं उचाईको नयाँ रेकर्ड कायम राख्न सफल भयो । अन्य र होटल समूह बाहेक अरु कारोबार भएका सबै समूह सकारात्मक रहे ।
बीमा समूह सबैभन्दा उच्च ६१ अंकले बढ्यो । वाणिज्य बैंक समूह पनि करिब १४ अंकले उकालो लाग्यो । विकास बैंक समूह ७ अंकले सुधारियो भने अरु समूह सामान्य अंकले सकारात्मक रहे ।
अन्य समूहमा भने ५७ अंकको र होटल समूहमा २६ अंकको गिरावट आयो । यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय १७ कम्पनीको ९ लाख २३ हजार कित्ता शेयर ६६ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्