
काठमाडौं, बैशाख ४ । इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा अहिले नर्विच सिटी र सण्डरल्याण्ड भिडिरहेका छन् ।
अहिले केहि बेरपछि सुरु हुने खेलमा म्यान्चेष्टर युनाइटेड र एस्टोन भिल्ला, एभर्टन र साउथह्याम्पटन, न्युकासल र स्वान्सी सिटी तथा वेष्टब्रोम र वार्टफोडै आमने सामने हुने छन् ।
प्रिमियर लिग फुटबल अन्तर्गत आजै राती सवा १० बजे हुने बहुप्रतिक्षित खेलमा चेल्सी र म्यान्चेष्टर सिटी भिड्दै छन् । खेल चेल्सीको मैदानमा हुने छ ।
जारी सिजन प्रिमियर लिगमा ३३ खेलबाट ७२ अंक जोडेको लेष्टर सिटी तालिकाको शिर्ष स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्