
काठमाडौं, वैशाख ४ । संयुक्त राष्ट्रसंघले अमेरिकी राष्ट्रपति पदको उम्मेदवारीका लागि दौडमा रहेका रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पका अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त जैइद राद अल हुसैनले आफ्नोभन्दा भिन्न विचार राख्ने व्यक्ति र समुदायप्रति ट्रम्पले गरेको कटाक्षप्रति आपत्ति जनाएका हुन् ।
ट्रम्पको नाम उल्लेख नगरिकन तर उनैप्रति लक्षित गर्दै हुसैनले मुस्लिमप्रति ट्रम्पले व्यक्त गर्ने–गरेको धारणामा आपत्ति जनाएका हुन् ।
रिपब्लिकनकै अर्का प्रतिस्पर्धी टेड क्रूजको छिमेकी मुस्लिमलाई निगरानीमा राख्नुपर्ने भन्ने भनाइप्रति पनि हुसैनले असन्तुष्टि जनाएका छन् ।
अल्पसंख्यकमाथि घृणा उत्पन्न गर्नु, छेडखानी गर्नु नेतृत्वको गुण नभएको र राजनीतिक लाभ–हानिका लागि ती वर्गलाई प्रयोग गर्नु ठीक नहुनेमा उनले सजग गराएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्