२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

भाटभटेनीको ११औं शाखा धरानमा, सर्वसाधारणलाईसमेत शेयार बिक्री गर्ने तयारी


0
Shares

सुनसरी, वैशाख ३ । भाटभटेनी सुपरस्टोर पब्लिक कम्पनीमा जाने भएको छ ।

कम्पनीलाई आम नेपालीको सुपरस्टोर बनाउने आकांक्षाअनुसार आगामी वर्षमा सर्वसाधारणलाईसमेत शेयर बिक्री गर्ने तयारी गरिरहेको सन्चालक मीनबहादुर गुरुङले बताएका छन् ।

आफ्नो ११औं शाखा सुनसरीको धरानमा सन्चालनमा ल्याउँदै सन्चालक गुरुङले भाटभटेनी पब्लिक कम्पनीमा जान लागेको बताएका हुन् ।

५१ करोडको लगानीमा पाँचतले सुविधा सम्पन्न भवनबाट भाटभटेनीले धरानमा पनि कारोबार सुरु गरेको हो ।

धरानको यो शाखा मोफसलमा दोस्रो हो । भाटभेटनीले मोफसलमा पहिलो शाखा पोखरामा खोलेको थियो ।

भाटभटेनीले हालसम्म ५ हजार बढीलाई रोजगारी दिएको र धरानको शाखामा दुई सयजनाले रोजगारी पाएको सन्चालक मीनबहादुर गुरुङले बताए ।