
काठमाडौं, वैशाख ३ । युरोपा लिग फुटबलको सेमिफाइनल ‘ड्र’ शुक्रबार सार्वजनिक भएको छ ।
ड्रअनुसार इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्लारियलसँग तथा युक्रेन क्लब शख्तर दोनेस्कले स्पेनिस क्लब सेभियासँग खेल्नेछ ।
जर्मन फुटबल क्लब बोरुसिया डर्टमन्डलाई पराजित गर्दै लिभरपुल तथा आफ्नै देशको एथ्लेटिक बिलबाओलाई हराउँदै सेभिया अन्तिमा चारमा पुगेको हो ।
त्यस्तै, पोर्चुगिच क्लब ब्रागालाई ६–१ ले हराउँदै शख्तर तथा चेक क्लब स्पार्टा प्रागलाई हराउँदै भिल्लारियलले अन्तिम चारमा ठाउँ बनाएको हो ।
सेमिफाइनलको पहिलो लेग अप्रिल २८ तारिखमा र दोस्रो लेग मे ५ तारिखमा हुनेछ ।
त्यस्तै, फाइनल भिडन्त मे १८ तारिखमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्