
काठमाडौं, वैशाख ३ । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल ‘ड्र’ शुक्रबार सार्वजनिक भएको छ ।
समीकरणअनुसार इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियाल मड्रिडसँग खेल्नेछ ।
त्यस्तै, स्पेनिस क्लब एथ्लेटिको मड्रिडले जर्मन क्लब बायर्न म्यूनिखसँग खेल्नेछ ।
म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेनलाई पराजित गर्दै सेमिफाइनलमा ठाउँ बनाएको हो ।
त्यस्तै, बायर्न म्यूनिखले बेनेफिकामाथि जित हासिल गरेको हो भने एथ्लेटिको मड्रिडले अर्को स्पेनिस क्लब बार्सिलोनामाथि जित हासिल गर्दै अन्तिम चारमा ठाउँ पक्का गरेको हो ।
त्यस्तै, रियाल मड्रिडले वुल्फ्सवर्गलाई हराउँदै म्यानसिटीविरुद्धको भिडन्त तय गरेको हो ।
म्यानसिटीले पहिलो लेग अप्रिल २६ तारिखमा घरेलु मैदानमा तथा मे ४ तारिखमा दोस्रो लेग रियाल मड्रिडको मैदानमा खेल्नेछ ।
त्यस्तै, एथ्लेटिको मड्रिडले बायर्नसँग पहिलो लेग घरेलु मैदानमा अप्रिल २७ तारिखमा र दोस्रो लेग बायर्नको मैदानमा मे ३ तारिखमा खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्