२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


क्रिकेट र रेस्लिङका लागि सुरक्षा कडा, नामिबियाका सुरक्षा विशेषज्ञ नेपालमा


0
Shares

काठमाडौं, वैशाख ३ । नेपाल र नामिबियाबीच शनिबार हुने विश्व लिग क्रिकेट च्याम्पियनसिप र रेस्लिङ प्रतियोगिताको सुरक्षा–व्यवस्था चुस्त बनाइएको प्रहरीले जनाएको छ ।

महानगरीय आयुक्तको कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन गरी सुरक्षा–व्यवस्थाबारे जानकारी गराएको हो ।

सो अवसरमा अतिरिक्त प्रहरी महानिरीक्षक प्रतापसिंह थापाले नेपालमा आयोजना हुन लागेका अन्तर्राष्ट्रियस्तरका दुई खेलका लागि सुरक्षा–प्रबन्ध मिलाइएको बताए ।

प्रहरी उपरीक्षकको कमान्डमा विमानस्थलदेखि खेलाडीहरु बस्ने होटल र खेल मैदानसम्म सुरक्षाकर्मी खटाइने जनाइएको छ ।

कुनै अप्रिय घटना नहोस् भनेर खेल मैदानमा सीसीटीभीको अस्थायी कन्ट्रोलरुमसमेत तयार गरिएको छ ।

नेपाली भूमिमा विदेशी खेलाडीहरु आउने भएकाले सुरक्षाको जिम्मेवारी प्रहरीकोमात्रै नभइ आम नागरिकको पनि हुने भन्दै प्रहरीले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ ।

सुरक्षा–प्रबन्धकोबारेमा सम्बन्धित देशलाई लिखित जानकारी गराइएको र नामिबियाका सुरक्षा विशेषज्ञसमेत नेपाल आइसकेको पनि जनाइएको छ ।