१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


पुनर्निर्माणको रकम वितरणमा प्रविधि मुख्य बाधक


0
Shares

दोलखा, वैशाख ३ । विनासकारी भूकम्पपछि दोलखाको सिंगटीबाट शुरु भएको निजी आवास पुनर्निर्माणको रकम वितरणमा प्रविधि मुख्य बाधक बनेको छ ।

गत चैत २८ गतेबाट लादुक र लामिडाँडा गाविसमा निजी आवास पुनर्निर्माणको रकम वितरण गर्न इन्टरनेट, विद्युत् र बायोमेट्रिक प्रविधि मुख्य बाधक बनेको हो ।

सिंगटीमा अत्यन्त न्युन गतिको एडिएसएल इन्टरनेट, अनियमित विद्युत् आपूर्ति, युपिएस सुविधा नहुनु र जेनेरेटरमा भोल्टेज गडबढीका कारण बायोमेट्रिक प्रविधिबाट औंठाछाप प्रमाणिकरण हुन नसक्दा रकम वितरण गर्न नसकिएको रकम वितरणको जिम्मा पाएका राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको भनाइ छ ।

भूकम्प प्रभावितहरु २÷३ दिनदेखि सिंगटी बजारमा आएर बसेको भए पनि बत्ती र नेटवर्कको समस्याका कारण चाहेर पनि रकम वितरण गर्न नसकिएको बैङ्कका कर्मचारीहरुले बताएका छन् ।