२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


लगातार दुई खेल जित्दै गुजरात लायन्स शीर्ष स्थानमा


0
Shares

राजकोट, वैशाख ३ । इन्डियन प्रिमियर लिग (आईपिएल)मा राईजिङ पुने सुपरजाईन्ट्सलाई गुजरात लायन्सले पराजित गरेको छ । राजकोटमा भएको खेलमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको पुनेलाई सुरेश रैनाको कप्तानीमा रहेको गुजरातले ७ विकेटले पराजित गरेको हो ।

खेलमा पहिले ब्याटिङ गरेको पुनेले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनायो । पुनेका फाफ डु प्लेसीसले ६९ रन तथा केभिन पिटरसनले ३७ रन जोडे । जवाफमा १६४ रनको चुनौती पाएको गुजरातले खेलमा दुई ओभर बाँकी छँदा ३ विकेट गुमाएर पुरा जित हासिल गरेको हो ।

गुजरातको जितमा आरोन फिन्चको ५० रन तथा ब्रेण्डन म्याक्कुलमको ४९ रन महत्वपूर्ण रह्यो । जितसँगै गुजरात २ खेलबाट ४ अंक बटुल्दै आईपिएलको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

आईपिएल क्रिकेटअन्तर्गत आज बेलुकी हुने खेलमा दिल्ली डेयरडेभिल्स र किङ्स ईलेभन पञ्जाव भिड्नेछन् ।