
धनकुटा, वैशाख २ । धनकुटाको लेगुवा गाउँ विकास समितिको वडा नम्बर–१ र जितपुर गाउँ विकास समितिको सीमामा रहेको छुम्लिङमा विहीबार दिउँसो आगलागी हुँदा १२ ओटा घर जलेर नस्ट भएका छन् ।
स्थानीयबासी पर्शुराम नेपालकाअनुसार जंगलमा लागेको डढेलो नियन्त्रण गर्न नसकेपछि बस्तीमा आगलागी भएको हो ।
आगलागीवाट लेगुवा गाउँ विकास समिति वडा नम्बर–१ छुम्लिङका ठाकुर नेपाल, लक्ष्मी लामिछाने, शान्तिराम पौडेल, तोया पौडेल, गुरुप्रसाद लामिछानेलगायतको घर र गोठ जलेका छन् ।
क्षतिको विवरण प्राप्त भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्