
पोखरा, वैशाख २ । धरान फुटबल क्लब पोखरामा जारी पाँचौ मनकामना केबलकार पोखराकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा विहीबार भएको खेलमा आयोजक पोखरा–११ लाई १–० ले हराउँदै धरान अन्तिम आठमा पुगेको हो ।
धरानको जितमा तीर्थ बस्नेतले खेलको ७२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
आयोजक पोखराले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
धरानले अब सेमिफाइनल प्रवेशका लागि वैशाख ७ गते भारतीय टिम दिल्ली एफसीसँग खेल्नेछ ।
प्रतियोगिताअन्तर्गत् शुक्रबार त्रिभुवन आर्मी र सरस्वती क्लबबीच अन्तिम प्रिक्वार्टरफाइनल खेल हुनेछ ।
प्रतियोगिताको फाइनल खेल वैशाख ११ गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस्