
काठमाडौं, वैशाख २ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागिता जनाउन नामिबियाको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा यही वैशाख ४ र ६ गते हुने उक्त प्रतियोगितामा सहभागिता जनाउने १७ सदस्यीय नामिबियाको टोली विहीबार नेपाल आइपुगेको हो ।
उक्त टोलीलाई सोल्टी होटलमा राखिएको नेपाल क्रिकेट संघ (क्यान)की कार्यकारी अधिकृत भावना घिमिरेले जानकारी दिइन् ।
नेपालका लागि नामिबियासँग खेल निकै महत्वपूर्ण मानिएको छ । अघिल्लो चरण प्रवेश गर्नका लागि नेपाललाई दुबै खेल जित्नैपर्ने दबाब छ ।
यदि नेपालले दुबै खेलमा नामिबियालाई पराजित गर्नसके नेपालको शीर्ष चारभित्र पर्ने सम्भावना बलियो हुनेछ ।
उक्त प्रतियोगितामा सहभागी ८ राष्ट्र टोलीमध्ये शीर्ष चारभित्रपर्ने टोलीले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोटमा खेल्न पाउने छन् ।
प्रतियोगितामा यसअघि चार खेल खेलको नेपालले चारै खेलमा हार ब्यहोर्दै अंकविहीन छ भने नामिबियाले दुई अंक जोडेको छ । नेपाल स्टकल्यान्ड र पपुवा न्यूगिनीसँग पराजित भएको थियो ।
नेपाली टोलीलाई प्रक्षिक्षक जगत टमाटा र परामर्श प्रशिक्षककारुपमा पुबुदु दासानायकेले प्रशिक्षण दिइरहेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्