९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


काठमाडौंमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन


0
Shares

काठमाडौं, जेठ ४ । काठमाडौंमा आइतबारदेखि अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु हुँदैछ ।

शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी विश्वभर विकास भएका नयाँ प्रविधिको विषयमा जानकारी दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिइयो ।

सम्मेलनमा अमेरिका, जापान, इटाली, न्यूजिल्यान्डलगायतका २३ देशका करिब १५० वैज्ञानिकको सहभागिता रहनेछ ।

सम्मेलनले नेपालको पर्यटन प्रवर्द्धनमासमेत टेवा पुग्ने आयोजकको विश्वास छ । सम्मेलन पाँच दिनसम्म चल्नेछ ।