२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश


0
Shares

अप्टन पार्क, वैशाख २ । वेष्ट ह्याम युनाईटेडलाई हराउँदै म्यानचेस्टर युनाईटेड एफए कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

गएराति वेष्ट ह्यामको मैदान अप्टन पार्कमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई २–१ ले विजयी गराउन मार्कस रास्फोर्ड र मराउने फेलियानीले एक–एक गोल गरे ।

वेष्ट ह्यामका लागि जेम्स टम्कीन्सले एक गोल फर्काए । जितसँगै म्यानचेस्टर युनाईटेडले एभर्टन विरुद्धको सेमिफाईनल भिडन्त तय गरेको छ ।

उता इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा एभर्टन र क्रिष्टल प्यालेसले गोलरहीत बराबरी खेलेका छन् । क्रिष्टल प्यालेसको मैदानमा भएको खेलको ५२ औं मिनेटमा जेम्स म्याक्कार्थी दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एभर्टन १० जनामा समेटिएको थियो ।