२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


कोलकाताविरुद्ध मुम्बई इन्डियन्सको जित


0
Shares

कोलकाता, वैशाख २ । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाईट राईडर्सलाई ६ विकेटले पराजित गरेको छ ।

कोलकाताको ईडन गार्डेनमा भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनायो । कोलकाताका लागि गौतम गम्भिरले ६४ रन तथा मनिष पाण्डेले ५२ रनको योगदान दिए ।

जवाफमा १८८ रनको लक्ष्य मुम्बई इन्डियन्सले खेलमा ५ बल बाँकी छँदा ४ विकेट गुमाएर पुरा गर्‍यो । मुम्बईका लागि कप्तान रोहित शर्माले अविजित ८४ रन तथा जोस बट्लरले ४१ रन जोडे ।

गएरातिको जीतसँगै मुम्बई इन्डियन्सले नयाँ सिजनको आईपिएल क्रिकेटमा अंकको खाता खोलेको छ ।

आईपिएल क्रिकेटअन्तर्गत आज बेलुकी हुने खेलमा दुई नयाँ टोलीहरु गुजरात लायन्स र राईजिङ पुने सुपरजाईन्ट्स भिड्नेछन् । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको पुने र सुरेश रैनाको कप्तानीका रहेको गुजरातबीचको यो भिडन्तलाई निकै महत्वका साथ हेरिएको छ ।