२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


धनगढी हाफ म्याराथन पार्कीले जिते


0
Shares

कैलाली, वैशाख १ । धनगढीमा बुधबार आयोजित हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपीचन्द्र पार्कीले जितेका छन् ।

नेपाली सेनाका लालबहादुर थापालाई ३ सेकेन्डले पछि पार्दै पार्कीले उपाधि चुमेका हुन् ।

पार्कीले २१ दशमलव ५ किलोमिटरको दुरी १ घन्टा ९ मिनेट ३५ सेकेन्डमा पार गरेका थिए ।

उपाधिसँगै पार्कीले ५१ हजार नगद पुरस्कार जित्दा उपविजेता थापाले २५ हजार हात पारे ।

‘अब धनगढी दौडिन्छ’ भन्ने नाराकासाथ धनगढी जेसीजले म्याराथन आयोजना गर्दै आएको छ ।