
पोखरा, वैशाख १ । झापा–११ मनकामना केबलकार पोखराकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार पोखरा रंगशालामा भएको प्रिक्वार्टरफाइनलमा रुपन्देही–११ लाई ३–१ ले पराजित गर्दै झापा अन्तिम आठमा पुगेको हो ।
झापाको जितमा कर्ण लिम्बु, देवेन्द्र तामाङ र दिलेन लोक्तामले एक–एक गोल गरे । पराजित रुपन्देहीका लागि द्रोण थापाले एक सान्त्वना गोल फर्काए ।
यसअघि भएको खेलमा नवजनजागृति युवा क्लब सिमरालाई हराउँदै सशस्त्र प्रहरी क्वार्टरफाइनलमा पुगिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्