
काठमाडौं, वैशाख १ । सेन्ट जेभियर स्कूल जावलाखेलका प्रिन्सिपल फादर ग्याफ्नेको हत्या भएको १८ वर्षपछि गत वैशाख ८ गते प्रहरीले फरार अभियुक्त ढालबहादुर खड्कालाई पक्राउ गर्यो ।
त्यस्तै असार १३ गते स्पेश टाइम नेटवर्कका संचालक जमिम शाहको हत्यामा संलग्न भएको आरोपमा प्रहरीका पूर्व डिएसपी जगदीश चन्दलाई प्रहरीले पक्राउ गर्यो ।
साउन ५ गते नवलपरासीको कुडिया गाविसका १० वर्षीय बालक सोनुको पाशविक हत्या भयो । कोदाई हरिजन नाम गरेका व्यक्तिले आफ्नो छोरालाई तान्त्रिक विद्या सिकाउने नाममा झाँक्रीसँग मिलेर उनको हत्या गरेको पाइएपछि प्रहरीले हत्यामा संलग्नहरुलाई पक्राउ गर्यो ।
जनकपुर टुडेका प्रकाशक अरुण सिंहानियाको हत्या भएको ६ वर्षपछि प्रहरीले हत्याकाण्डको रहस्य खोल्न सफलता पायो । चैत १७ गते चारजना सहयोगीसहित पक्राउ परेका चन्द्रदेव यादवको बयानका आधारमा रहस्य खुलेको हो ।
वर्षभरी के–कस्ता अपराध भए र प्रहरीले के–कति सफलता पायो ? जानकारीका लागि भिडियो हेर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्