
बेंगलोर, वैशाख १ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा गएराति रोयल च्यालेन्जर्स बेंग्लोरले सनराईजर्स हैदरावादलाई ४५ रनले पराजित गरेको छ ।
बेंग्लोरको चिनास्वामी रंगशालामा पहिले ब्याटिङ गरेको घरेलु टोलीले एबी डे भिलायर्सको ८२ रन तथा विराट कोहलीको ७५ रनको मद्दतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२७ रन बनायो ।
जवाफमा २२८ रनको विशाल लक्ष्य पछ्याएको सनराईजर्स हैदरावादले ६ विकेट गुमाएर १८२ रन मात्रै जोड्न सक्यो । हैदरावादका लागि डेभिड वार्नरले ५८ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले आशालाग्दो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ बेंग्लोरका शेन वाट्सन र युज्भेन्द्र चहालले २/२ विकेट लिए ।
आईपिएल क्रिकेटमा आज बेलुकी हुने खेलमा कोलकाता नाईट राईडर्स र मुम्बई ईन्डियन्स भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्