
पोखरा, चैत ३० । पोखरा कप फुटबल प्रतियोगिताको पाँचौ संस्करणमा सशस्त्र प्रहरीले विजयी सुरुआत गरेको छ ।
मंगलबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा सशस्त्रले बाराको सिमरामाथि ४–० को फराकिलो जित हासिल गरेको हो ।
सशस्त्रलाई जिताउनेक्रममा रञ्जन विष्टले ह्याट्रिक गरे भने नवीन लामाले एक गोल थपे ।
कास्की जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा नेपालका ११ तथा भारतको एक टिमले सहभागिता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्