२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


धनकुटामा भलिबल हुने


0
Shares

धनकुटा, चैत ३० । धनकुटामा रामनवमीको अवसर पारेर अन्तर्राष्ट्रिय आमन्त्रण खुला भलिबल प्रतियोगिताको ११औं संस्करण आयोजना हुने भएको छ ।

वैशाख ३ गतेबाट हुने प्रतियोगितामा १० टिम सहभागी हुने आयोजक श्री जनचेतना सार्वजानिक पुस्तकालय हिले, धनकुटाले जनाएको छ ।

प्रतियोगितामा भारतको कालिङपोङ, दार्जिलिङ, कोलकाताका टिम पनि सहभागी हुँदै छन् ।

प्रतियोगिता आयोजनामा जिल्ला विकास समिति धनकुटा र निगाले सिमेन्टले सहयोग गरेका छन् ।