
काठमाडौं, चैत ३० । गृहमन्त्री शक्ति बस्नेतले भूकम्पपीडितको यकिन तथ्यांक अझैपनि प्राप्त भइनसकेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री बस्नेतले भूकम्पपीडितको संख्या यकिन हुन नसकेको र कतिपय वास्तविक पीडितलेसमेत राहत नपाएको बताए ।
उनले विपद् व्यवस्थापनका लागि सरकारले आफ्नो तयारी गरिरहेकोसमेत बताए ।
बैठकमा सांसदहरुले विपद् व्यवस्थापनका लागि ठोस कार्ययोजना ल्याउन माग गरेका थिए ।
त्यसक्रममा कतिपय सांसदहरुले प्रत्येक जिल्लामा एउटा हवाई मैदान बनाउनुपर्ने मागसमेत राखेका थिए ।
समितिले विपद् व्यवस्थापनका लागि विधेयक ल्याउन गृह मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस्