
कन्चनपुर, चैत ३० । नयाँवर्ष २०७३ सालको पूर्वसन्ध्यामा मंगलबार कन्चनपुरमा हिन्दू स्वयं सेवक संघले संस्कृति रक्षाका लागि भन्दै दौड आयोजना गरेको छ ।
नयाँवर्षमा धर्म–संस्कृतिको रक्षा हुन सकोस् भन्दै दौड आयोजना गरिएको हो ।
दौड महेन्द्रनगरको संविधानचोकबाट सुरु भइ मदनचोक, चम्मनचोक ट्राफिकचोक र सुडाचोक हुँदै पुनः संविधानचोकमा पुगेर समापन भएको थियो ।
त्यसक्रममा साँस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्