२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


पोखरा कप फुटबल प्रतियोगिता आजबाट


0
Shares

पोखरा, चैत ३० । पोखरा कप फुटबल प्रतियोगिताको पाँचौ संस्करण आजबाट पोखरामा सुरु हुँदैछ । मनकामना केबलकारले प्रायोजन गरेको यो संस्करणको पहिलो खेलमा आज सशस्त्र प्रहरीको एपीएफ टिम र बाराको सिमरा–११ भिड्नेछन् ।

यसअघि नवजनजागृती युवा क्लवको नाममा खेल्दै आएको टोली नै पोखरा कपमा सिमरा–११को नामले खेल्न लागेको हो ।

यसपटक प्रतियोगितामा नेपालका ११ तथा भारतको एक टिमले सहभागिता जनाउँदैछन् । प्रतियोगितामा ए डिभिजनका चर्चित टोलीहरु मनाङ मर्स्याग्दी, थ्रिस्टार, त्रिभुवन आर्मी, नेपाल पुलीस, एपीएफ र सरस्वती क्लबले सहभागिता जनाएका छन् । यसैगरी मोफसलका टोलीहरु झापा–११, धरान फुटबल क्लव, रुपन्देही–११, सिमरा–११, भारतको दिल्ली युनाईटेड तथा आयोजक पोखरा–११ ले पनि प्रतियोगितामा भाग लिएका छन् ।

कास्की जिल्ला फुटबल संघले आयोजना गर्ने प्रतियोगिता पोखरा रंगशालामा हुनेछ ।