२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

‘घुमफिर वर्ष २०७३’ मनाउने घोषणा


0
Shares

काठमाडौं, चैत २९ । नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वि.सं. २०७३ लाई घुमफिर वर्ष २०७३ कोरुपमा मनाउने घोषणा गरेको छ ।

बोर्डले सोमबार यस अभियान सार्वजनिक गरेको हो ।

बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीले नयाँ वर्षमा कम्तिमा एउटा नयाँ ठाउँ घुम्ने प्रतिबद्धता गर्न सबैलाई आग्रह पनि गरे ।

कार्यक्रममा उपस्थित पर्यटन व्यवसायी, सरकारी कर्मचारी, पत्रकार, विद्यार्थी आदिले सो प्रतिबद्धता व्यक्त गर्न नेपालको नक्सामा आफू घुम्ने ठाउँको नाम लेखी हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा पर्यटनउद्यमी अम्बिका श्रेष्ठले आन्तरिक पर्यटनलाई बलियो बनाउँदा बाह्य पर्यटनको लागि पूर्वाधार तयार हुने बताइन् ।

बोर्डले आगामी वर्षमा नेपालको कुनै ठाउँ घुमेर सामाजिक सन्जालमा फोटो अथवा भिडियो पोस्ट गर्दा ह्यासट्याग ‘घुमफिर २०७३’ प्रयोग गर्न पनि सबैमा आग्रह गरेको छ ।