१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


‘करोडौं कस्तुरी’माथि विमर्श


0
Shares

काठमाडौं, चैत २९ । मदन पुरस्कार प्राप्त उपन्यास ‘सेतो धरती’का लेखक अमर न्यौपानेको अर्को पुस्तक ‘करोडौं कस्तुरी’माथि सोमबार राजधानीमा विमर्श भएको छ ।

बीपी कोइराला नेपाल–भारत फाउन्डेसनले सोमबार त्रिभुवन विश्वविद्यालयमा गरेको अन्तरक्रियामा लेखक न्यौपानेले ‘करोडौं कस्तुरी’ले अघिल्लो उपन्यासले जस्तो चर्चा पाउन नसकेको स्वीकार्दै करोडौं कस्तुरीमा हृदयभन्दा दिमाग हाबी भएको बताए ।

हास्य कलाकार हरिवंश आचार्यलाई मुख्य पात्र बनाइ लेखिएको करोडौं कस्तुरी उपन्यास अवसर नपाएर पछिपरेका प्रतिभाहरुमाथि केन्द्रित रहेको पनि लेखकले जानकारी दिए ।

कार्यक्रममा भारतीय दूतावासकी प्रथम सचिव रुवी जसप्रीतले साहित्य र आख्यानमा विद्यार्थीहरुको रुची बढाउन लेखक र विद्यार्थीहरुको प्रत्यक्ष संवाद जरुरी भएको बताइन् ।