७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एमाले बैठकमा तत्काल स्थानीय निर्वाचन घोषणा गर्न माग


0
Shares

काठमाडौं, चैत २९ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा स्थानीय निकायको निर्वाचनले सबैभन्दा बढी चर्चा पाएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको राजनीतिक प्रतिवेदनमाथिको छलफलका लागि गठन भएका समूहका टोली नेताहरुले अविलम्ब स्थानीय निर्वाचनको माग गरेका हुन् ।

अन्य विषयहरुमा फरक–फरक धारण आएपनि स्थानीय निकायको निर्वाचनको सम्बन्धमा सबै टोलीको एकमत रहेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

आर्थिक समृद्धिको योजनासहितको बजेट ल्याउनका लागि केन्द्रीय सदस्य तथा अन्य पार्टीका सांसदहरुसँग छलफल गर्न अर्थमन्त्री एवं पार्टी उपमहासचिव विष्णु पौडेललाई निर्देशन दिनुपर्ने आवाज पनि बैठकमा उठेको बताइएको छ ।

सरकारको कामलाई प्रभावकारी बनाउन र कालोबजारी तथा महंगीकाविरुद्ध हस्तक्षेप गर्न सरकारलाई निर्देशन दिने पनि भट्टराईले जानकारी दिए ।