
काठमाडौं, चैत २६ । नेपाल चेम्बर अफ कमर्सले खुला बजारमा उद्योगी–व्यवसायीले लागतअनुसार बिक्री मूल्य निर्धारण गर्न पाउनुपर्ने माग गरेको छ ।
गृहसचिव नारायणगोपाल मलेगो, काठमाडौं जिल्ला अधिकारी र ललितपुर जिल्ला अधिकारीलाई बोलाएर चेम्बरले शुक्रबार गरेको कार्यक्रममा अध्यक्ष राजेशकाजी श्रेष्ठले मागअनुसार व्यवसायीले वस्तु तथा सेवाको भाउ निर्धारण गर्न पाउनुपर्ने बताए ।
उनले केही व्यवसायीहरुले कालोबजारी गरेको भएपनि सबैलाई एकै नजरबाट नहेर्न पनि आग्रह गरे ।
चेम्बर महासचिव कमलेश अग्रवालले विद्यमान कालोबजारी नियन्त्रणसम्बन्धी ऐन परिमाजर्न गरिनुपर्ने बताए ।
४० वर्ष अगाडिको ऐनमा गरिएको व्यवस्था हाल उपयुक्त नभएको उनको भनाइ थियो ।
व्यवसायीहरुले कालोबजारीको नाममा व्यवसायीमाथि ज्यादती भएको जिकिर गरेका छन् ।
गृहसचिव मलेगोले बजार अनुगनम खराब व्यवसायी लक्षितमात्रै भएकाले अन्य व्यवसायीहरु आत्तिनुनपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्