
कञ्चनपुर, चैत २६ । जागिरको प्रलोभन दिएर भारतीय सहर बैङ्लोरमा लगेर यौनधन्दामा लगाइएकी युवती भागेर घर फर्किएकी छन् ।
दोधारा चाँदनी नगरपालिकाकी ती युवती भारतको कर्नाटक, बैङ्लोर अन्तर्राष्ट्रिय बिमानस्थल, हेचल मुकेशपाली एप्पल नेस्ट १३ क्रस १४ बाट भागेर आएकी हुन् ।
दोधाराका शङ्कर धामीले विसं २०६६ मा राम्रो जागिर दिने आश्वासन दिएर उनलाई बैङ्लोर लगेका थिए । घरको कमजोर आर्थिक अवस्था भएकाले छिमेकी धामीको प्रलोभनमा परी उनी कक्षा ८ को पढाइ छाडेर १२ वर्षको उमेरमा भारत गएकी हुन् ।
बैङ्लोर पुगेर एक सातापछि घरमा भाँडाकुँडा सफा गर्ने काममा लगाएको एक महिनापछि यौनधन्दाका लागि बाध्य पारिएको थियो । १४ घरमा भाँडाकुँडा सफा गरी मासिक २३ हजारसम्म कमाई हुने गरेको उनले बताइन् । ‘उनी आफैँले मेरो पैसा बुझेर लग्थे, दिनरात मालिकको ओछ्यानमा लगेर शङ्करले छाडेर आउने र बिहानपख लिन आउने गर्थे,’ पीडित युवतीले भनिन् ।
ट्रक चलाउने शङ्करले नै सो धन्दा बापतको रु १० हजार रकम लिने गरेको उनले बताइन् । मालिकको घरमा लैजाँदै गर्दा शौचालय जाने बहाना बनाएर भागेर आएको उनले बताइन् । कैलालीको धनगढीका युवाको सहयोगमा वनबासासम्म आइपुगेको उनको भनाइ छ । (रासस)
प्रतिक्रिया दिनुहोस्