२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

चीनको एक होटलमा महिलालाई घिसारेको भिडियो भाइरल


0
Shares

बेइजिङ, चैत २६ । चीनमा एक होटलमा महिलामाथि दुव्र्यवहार भएको भिडियो फुटेज सार्वजनिक भएको छ ।

राजधानी बेइजिङको एक होटलमा एक महिलालाई लछारपछार गरेको भिडियो फुटेज सार्वजनिक भएको हो । भिडियोमा देखिएका एक मानिसले होटलको करिडोरमा ती महिलालाई घिसारेको देखिन्छ । तर त्यस्तो दृष्ट देखिरहँदा पनि त्यहाँ उभिएका अरु भने चुपचाप तमासा हेरिरहेका देखिन्छन् ।

श्रीमान् श्रीमतीको झगडा भन्दै त्यहाँ उपस्थित केहीले महिलालाई सहयोग नगरेको बताइएको छ । भिडियोबारे छानबिन भइरहेकाले घटनाको वास्तविकता सार्वजनिक भएको छैन । तर सामाजिक सञ्जालमा भने यो घटनाको तीव्र आलोचना भएको छ । घटनाको अनुसन्धान भइरहेको र होटल सञ्चालकले माफी मागेको बेइजिङ प्रहरीले जनाएको छ । भिडियो सार्वजनिक भएपछि चीनमा यसको बहस तीव्र रुपमा भइरहेको छ । (एजेन्सी)