
काठमाडौं, चैत २५ । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमै रहेका केहि नेपाली ‘पनामा पेपर्स लिक’कान्डमा पनि परेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ ।
अनुसन्धानकैक्रममा रहेका केहि व्यक्ति एवं संस्था पनामा पेपर्सकान्डमा पनि परेको विभागका महानिर्देशक दामोदर रेग्मीले विहीबार हामीसँग बताए ।
नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत सम्बन्धित निकायबीचको समन्वयमा सूक्ष्म अध्ययन थालिएको उनले बताए ।
पनामा पेपर्सकान्डले आफूहरुलाई अनुसन्धानका लागि अवसर दिएको उनको भनाइ छ ।
विभागले हालसम्म ३० ओटा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेकामा फैसला भएका १६ ओटा मुद्दा विभागकै पक्षमा भएको महानिर्देशक रेग्मीले बताए ।
प्रतिक्रिया दिनुहोस्