१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


सरकार मनपरी ढंगले चल्यो, अब कडा प्रतिपक्षीकोरुपमा प्रस्तुत हुन्छौं : देउवा (भिडियोसहित)


0
Shares

सरोज अधिकारी/दिलिप पोखरेल
काठमाडौं, चैत २४ । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् ।

संसदीय दलको नेतामा विजयी भएलगत्तै देउवाले सरकार मनपरी ढंगले चलेको आरोप लगाउँदै कांग्रेस अब कडा प्रतिपक्षीकोरुपमा प्रस्तुत हुने बताएका छन् ।

प्रतिस्पर्धी रामचन्द्र पौडेललाई ७२ मतले पछि पार्दै देउवा दलको नेतामा विजयी भएका हुन् ।

बुधबार भएको संसदीय दलको निर्वाचनमा कुल २ सय ७ मतमध्ये खसेको २ सय ६ मतमा देउवाले १ सय ३९ र पौडेलले ६७ मत प्राप्त गरे ।

तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि रिक्त रहेको कांग्रेस संसदीय दलको नेताका लागि निर्वाचन गरिएको हो ।

तत्कालीन सभापति कोइरालासँगको प्रतिस्पर्धामा भने देउवा पराजित भएका थिए ।

त्यतिबेलाको निर्वाचनमा कोइराला १ सय ५ मतकासाथ विजयी भएका थिए भने देउवाले ८९ मत ल्याएका थिए ।

पार्टी सभापतिमा रामचन्द्र पौडेललाई नै हराएका देउवाले दलको नेतामा निर्वाचित भएसँगै आफ्नो जितलाई विजयकोरुपमा नभइ जिम्मेवारीकोरुपमा लिएको बताए । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।