१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


भीष्मको ‘अन्नपूर्ण फेरो’


0
Shares

काठमाडौं, चैत २३ । कवि तथा निबन्धकार भीष्म उप्रेतीको नयाँ नियात्रासंग्रह अन्नपूर्ण फेरो बजारमा आएको छ । कुल नौ वटा शीर्षकहरूमा विभाजन गरेर लेखिएका नियात्राहरू संग्रहित अन्नपूर्ण फेरोमा भीष्मले सन् २००८ मा अन्नपूर्ण सर्किटमा गरेको यात्राका अनुभवहरू लेखिएका छन् । कविता तथा निबन्ध गरी डेढ दर्जन पुस्तक प्रकाशित भइसकेका भीष्म उप्रेतीको यो कृति गौँथली प्रकाशनले प्रकाशन गरेको हो ।

उत्तमशान्ति पुरस्कार, युवावर्ष मोती पुरस्कार, शंकल लामिछाने युवा निबन्ध पुरस्कार, कुमार सरस्वती उत्कृष्ट सिर्जना पुरस्कार आदि प्राप्त गरिसकेका भीष्म उप्रेती कवितात्मक शैलीमा निबन्ध तथा नियात्रा लेख्न सिपालु मानिन्छन् । अन्नपूर्ण फेरोमा उप्रेतीले बाटोमा यात्राको क्रममा लेखेका केही कविताहरू समेत समावेश छन् । उनको यो पुस्तक पनि कवितात्मक शैलीमा नै लेखिएको छ । पाठकलाई पुस्तक पढ्न शुरु गरेपछि अन्त्यसम्म पुग्नैपर्ने बाध्यता सिर्जना गर्न सक्ने क्षमता अघिल्ला पुस्तकहरूमा भैmँ भीष्मको यस कृतिमा पनि रहेको छ ।