२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

पर्यटन बोर्डका पूर्वप्रमुख निरौलासँग तीन करोड धरौटी माग


0
Shares

काठमाडौं, चैत २२ । विशेष अदालतले नेपाल पर्यटन बोर्डका पूर्वकायममुकायम प्रमुख कार्यकारी सुभाष निरौलालाई तीन करोड रुपैयाँ धरौटी माग गर्न आदेश दिएको छ ।

निरौलालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डको ८० करोड रुपैयाँ हिनामिना गरेको दाबीसहित रिट दायर गरेको थियो ।

सोमबार दिनभर चलेको थुनछेक बहसपछि विशेष अदालतले तीन करोड धरौटी बुझाउन आदेश दिएको प्रवक्ता जगन्नाथ पौडेलले जानकारी दिए ।