१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


संसदको नियमावली टुंग्याउन चैत २५ गते मतदान, यस्तो छ कांग्रेसको ‘शर्त’


0
Shares

काठमाडौं, चैत २२ । प्रमुख दलहरुकाबीचमा सहमति हुन नसकेपछि संसदको नियमावली मत विभाजनबाट टुंगो लगाइने भएको छ । मतदानका लागि चैत २५ गते ३ बजेको समय तोकिएको छ ।

संसद कार्य सन्चालन नियमावली मस्यौदा समितिले सबै दलका सांसदहरुलाई आफ्ना अडानहरु संसद सचिवालयमा पेश गर्न भनेको छ ।

सांसदहरुले राखेको अडानका आधारमा सचिवालयले प्रश्नावली तयार पार्ने र मत विभाजनबाट निर्णय गरिने समितिका सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए ।

पटक–पटक आवश्यक ‘कोरम’ नपुगेर बैठक स्थगित हुने–गरेको समितिमा मतदान हुने दिनमा कोरम पुग्न नसक्ने अनुमान गरिएको छ ।

कतिपय सांसदहरु जिल्लामा रहेको र नेपाली कांग्रेसकासाथै केही साना दलहरुको असन्तुष्टिका कारण सांसदहरु अनुपस्थित हुनसक्ने आशंका बढको हो ।

कांग्रेसले नियमावली पारित गर्नका लागि आफ्नो दललाई न्यायपरिषदमा एकजना सदस्य दिनुपर्ने शर्त राखेको स्रोतको दाबी छ ।

२५ गते कोरम नपुगेमा वैशाख ६ गतेपछिमात्रै समितिको बैठक बस्नेछ ।