९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


अप्टिकल फाइबर बिच्छ्याउने अभियानको आज औपचारिक सुरुवात


0
Shares

काठमाडौं, जेठ ६ । सरकारले अप्टिकल फाइबर बिच्छ्याउने अभियानको आज औपचारिक सुरुवात गर्दै छ ।

सबै जिल्ला तथा स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने उद्देश्यले नेपाल टेलिकमले प्रदेश नं. १, २ र ३ अन्तर्गत विभिन्न तीन ठाउँबाट आज एकैपटक फाइबर बिच्छ्याउन लागेको हो । डिजिटल नेपाल बनाउने अभियानअन्तर्गत धादिङको गल्छी गाउँपालिकाको मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यसको सुरुवात गर्दै छन् ।

त्यस्तै, सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि आजै फाइबर बिच्छ्याउने कामको औपचारिक सुरुवात हुने नेपाल टेलिकमले जनाएको छ । टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै २ हजार ३७६ किलोमिटर फाइबर बिच्छ्याउनेछ ।

यसरी बिच्छ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म पुग्ने टेलिकमले जनाएको छ ।