१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


भारत विचलित : पोखरेल


0
Shares

बुटवल, चैत २० । एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेपालले स्वाभिमानको लडाइँ जित्दैजाँदा भारत विचलित बन्न थालेको बताएका छन् ।

उनले राष्ट्रिय स्वाभिमानको लडाइँले नेपालको अन्तर्राष्ट्रिय छवि उँचो भएको र भारत विचलित बन्दै गएको दाबी गरेका हुन् ।

एमाले नेता स्वर्गीय रामनाथ ढकालको स्मृतिमा रुपन्देहीको सालझन्डीमा शनिबार आयोजित राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै नेता पोखरेलले सरकारले राष्ट्रिय स्वाभिमानको लडाइँलाई प्रभावकारी र सफलरुपमा अगाडि बढाएको दाबीसमेत गरे ।

उनले केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध र सिद्धान्तमा नयाँ आयाम स्थापित गरेको पनि बताए ।

नेता पोखरेलले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिकरुपमा सफल भएको दाबीसमेत गरे ।